ताजा अपडेट »

पाल्पामा जिल्ला स्तरिय तेक्वाण्डो प्रतियोगिता हुने

सोमबार, ०२ मंसिर २०७६

मंसिर २,
ग्लोबल आवाज

पाल्पा । पाल्पामा नवौं जिल्ला स्तरिय तेक्वाण्डो प्रतियोगिता यही मंसिर ६ र ७ गते हुने भएको छ । पाल्पा आई.टि. एफ को आयोजनामा जिल्ला स्तरीय तेक्वाण्डो प्रतियोगिताको आयोजना गरिएको आई.टि. एफ तेक्वाण्डोका चौथो डान तथा अन्र्तराष्ट्रिय प्रशिक्षक कृष्ण थापाले जानकारी दिए प्रतियोगितामा २८ स्वर्ण, २८ कास्य र ३४ रजत पदका लागि पाल्पाका बिभिन्न डोजाङका २१५ भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

तानसेन टुडिखेल मैदानमा हुने प्रतियोगितामा मदरल्याण्ड तेक्वाण्डो डोजाङ्, तानसेन तेक्वाण्डो डोजाङ्, बेथ्थल तेक्वाण्डो डोजाङ्, प्रशान्ति तेक्वाण्डो डोजाङ्, प्यारागन तेक्वाण्डो डोजाङ्, रामपुर तेक्वाण्डो डोजाङ्, सगरमाथा तेक्वाण्डो डोजाङ्, बृन्दाबन तेक्वाण्डो डोजाङ्, प्रिपरेटरी तेक्वाण्डो डोजाङ्, मालागिरी तेक्वाण्डो डोजाङ्का खेलाडीहरु सहभागी हुने पाल्पा आई,टि, एफका अध्यक्ष तथा केन्द्रिय सदस्य निर बहादुर सारुले जानकारी दिए । बिभिन्न तौल र ग्रेडका खेलाडीहरु बिच स्पायरिङ्ग, प्याटन बिधामा प्रतिस्पर्धा हुने अध्यक्ष सारुले बताए । प्रतियोगितामा बिजेता हुनेलाई बिजयीलाई आई, टि, एफ, तेक्वाण्डोका चौथो डान तथा अन्र्तराष्ट्रिय प्रशिक्षक सुरज थापा मगरले पुरस्कार स्पोन्सर गरेको आयोजक पाल्पा आई,टि,एफले बताएको छ ।