ताजा अपडेट »

गठबन्धन दल बीच केन्द्रको निर्णयले हेटौंडाका काँग्रेस रुष्ट, समाजवादीलाई मेयर पद नदिने !

बुधबार, ०७ बैशाख २०७९

बुटवल । गठबन्धन दलहरु बीच बुधबार दिउँसो भएको सम्झौतालाई हेटौंडाका स्थानीय काँग्रेस नेता कार्यकताले अस्वीकार गरेका छन् । हेटौंडा उपमहानगरमा प्रमुख पद नेकपा एकीकृत समाजवादीलाई दिने केन्द्रको निर्णयलाई नमान्ने स्थानीय नेता कार्यकर्ताले बताएका छन् ।
हेटौंडाको मेयर नेकपा एकृकीत समाजवादीलाई दिने केन्द्रीय नेतृत्वमा सहमति भएपछि कांग्रेस हेटौंडा उपमहानगर समितिले विरोध जनाएको हो । पार्टी कार्यालयमा हेटौंडा उपमहानगर समितिले आज पत्रकार सम्मेलन गर्दै केन्द्रीय नेतृत्वले सहमतिबारे पुनरावलोकन नगरे एकल उम्मेदवार खडा गरेर निर्वाचनमा होमिने चेतावनी दिएको हो ।

नगर सभापति उत्सव इटेनीले सत्तारुढ गठबन्धनले गरेको निर्णय स्वीकार्य नभएको र आफूहरुसंग केन्द्रले छलफल नै गरेको बताए । केन्द्रको निर्णय परिवर्तन नभए नगर समितिका पदाधिकारी तथा नगरका सबै वडा सभापतिहरुको निर्णयअनुसार सत्ता साझेदार गठबन्धनका दलहरुसँग मित्रवत् प्रतिस्पर्धाको आधारमा कांग्रेस एकल नेतृत्वमा चुनावी प्रतिस्पर्धामा सहभागी हुने उनको भनाई छ ।