ताजा अपडेट »

मालिका गाउँपालिका-४ मा जसपाबाट वडाध्यक्षमा प्रेमबहादुर अर्याल

बुधबार, ०७ बैशाख २०७९

बुटवल । गुल्मीको मालिका गाउँपालिका–४ को वडाध्यक्षमा जनता समाजवादी पार्टीबाट युवा नेता प्रेमबहादुर अर्याल सिफारिस भएका छन् । मंगलबार तम्घासमा बसेको पार्टीको जिल्ला कार्य समितिको बैठकले अर्याललाई वडाध्यक्षमा सर्वसम्मत रुपमा सिफारिस गर्ने निर्णय गरेको हो ।


जनता समाजवादीका रुपन्देही जिल्ला सदस्य रहेका अर्याल तत्कालिन नयाँ शक्ति विद्यार्थी युनियनको सचिवालय सदस्य समेत रहेका थिए । गुल्मीको अर्खवाङमा जन्मिएका अर्याल राजनीतिसँगै व्यवसायमा पनि सक्रिय रहेको युवा हुन् । अर्याल लुम्बिनी फोटोग्राफर संघको सचिव समेत हु्न् भने उनी विभिन्न संघ संस्थामा समेत आवद्ध रहेको छन् ।

उनी गुल्मी मालिका गाउँपालिका–अर्खाबाङ्ग रुपन्देही सम्पर्क समाजको उपाध्यक्ष पनि हुन् । मास्टर डिग्री, एल एल बि अध्यनरत उनी सरल स्वाभाव र सबैलाई मिलाएर अगाडी बढाउन सक्ने क्षमता उनमा रहेको छ ।