परासी । पश्चिम नवलपरासीको वरुण वेभरेज (नेपाल) प्रा.लि. पेप्सीका कर्मचारीहरु अन्दोलनमा उत्रिएका छन् । रामग्राम नगरपालिका वडा नं. १० नदवामा रहेको पेप्सी कम्पनीका कर्मचारीहरुले विभिन्न मागहरुसहित सोमबारदेखि आन्दोलनमा उत्रिएका हुन् ।
ट्रेड युनियन गठन गर्नको लागि लामो समयदेखि प्रयास गर्दै आएका पेप्सीका कर्मचारीहरुलाई कम्पनीले हस्तक्षेप गर्न थालेपछि हिजोदेखि आन्दोलनमा उत्रेका हुन् । उनिहरुले युनियन गठनको लागि श्रम ऐन अन्तर्गत श्रम तथा रोजगार कार्यालय बुटवलमा निवेदन समेत दिएका छन् । युनियन गठनमा लागेका कर्मचारीहरु लाई पटक पटक मानसिक तनाव, कर्मचारी सरुवा र हाजिर हुन समेत नदिने गरेको आन्दोलनको नेतृत्वकर्ता तथा पेप्सीका कर्मचारी सुरज कोईरीले बताएका छन् । कर्मचारीहरु लाई गर्ने तानाशाह व्यवहारले गर्दा युनियन गठन गर्न लागेको कोईरीले भनेका छन् ।
करीब ८ वर्षदेखि सञ्चालनमा रहेको पेप्सी कम्पनीले ५/५ वर्षसम्म काम गरेका स्थाई कर्मचारीलाई स्थाई नियुक्ति नदिएको कोईरीले बताएका छन् । पेप्सीमा काम गरेको उनि आँफै ५ वर्ष भयो तर तिनलाई स्थाई नियुक्ति नदिईएको कोईरीको गुनासो छ । उनि पेप्सीमा काम गर्न गएको बेला कम्पनीले तपाई कम्पनीको स्थाई कर्मचारी हो भनेर जोईनिङ्क लेटर दिइएपनि पर्मानेन्ट लेटर अहिले सम्म नदिएको कोईरीले दुखेसो पोखेका छन् । उनको तलब सुविधा के कति हो रु समेत थाह नभएको उनले बताए ।
कम्पनी भित्र काम गर्नेहरु कामदाहरुले वर्षमा पर्ने चार्डपर्वमा समेत विदा नपाउने गरीएको भनेका छन् । गएको होलि पर्वमा उनिहरु लाई कम्पनीले विदा नदिई काम खटाएको काईरीले भने । कम्पनी भित्र युनिय गठन पक्षमा २५ भन्दा बढि कर्मचारीहरु रहेका छन् । अन्य अरु कर्मचारीहरु युनियन गठन पक्षमा रहेपनि कम्पनीको डरले अगाडि आउन सकेका छैन्न ।
उनिहरुले श्रम ऐन २०७४ लागु गर, ठेकेदारी प्रथा अन्त्य गर, २ सय ४० दिन भन्दा बढी काम गरेका कर्मचारीहरु लाई स्थायी नियुक्ति गर र मनाव संसाधन विभागमा नेपाली कर्मचारी राख लगायतको माग राख्दै पेप्सीको गेटमा तालाबन्दी गरेका छन् ।
प्रतिक्रिया