ताजा अपडेट »

सत्ता गठबन्धनमा महानगरको भागबण्डामा जुट्यो सहमतिः कुन दललाई कुन महानगर ?

मंगलबार, ०६ बैशाख २०७९

काठमाडौं । सत्तारुढ गठबन्धनका दलहरुबीच महानगरपालिका भागबण्डामा सहमति जुटेको छ । मंगलबार दिउँसो बालुवाटारमा बसेको गठबन्धनको बैठकले धेरै विवाद मानिएको पोखरा महानगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीका उम्मेदवार उठाउने सहमति भएसँगै भागबण्डामा सहमति जुटेको एक शिर्ष नेताले जानकारी दिए । 

अन्य महानगरपालिकाको नेतृत्व कसले पाउने विषयमा सोमबार नै लगभग सहमति भएको थियो । तर, पोखरा महानगरको हकमा सहमति जुट्न नसक्दा बैठक स्थगित भएको थियो। सोमबारको सहमति अनुसार नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिका र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिका र कांग्रेसले काठमाडौं, ललिपुर र विराटनगरपालिकाको प्रमुखमा आफ्नो उम्मेदवार उठाउनेछन्

यसअघिको चुनावमा काठमाडौं र पोखरामा एमाले, ललितपुर र विराटनगरमा कांग्रेस, भरतपुरमा माओवादी केन्द्र र वीरगंजमा जसपाले जितेको थियो ।