ताजा अपडेट »

सत्ता गठबन्धनको बैठक सकियो, भएन सहमति

सोमबार, ०५ बैशाख २०७९

काठमाडौं ।  सत्ता गठबन्धनको बैठक सकिएको छ । सोमबार बिहान १० बजेदेखि दिनभरजसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक सहमतिमा पुग्न भने सकेन ।

महानगर, उपमहानगरपालिका र स्थानीय तहमा तालमेलको निर्णय गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक दुई चरणमा बसेको थियो । नेताहरुले बैठक सहमतिनजिक पुगेको दाबी गरेका छन् । 

बैठक भोलि बिहान ११ बजे बस्ने गरी सकिएको  छ ।