बुटवल। पाल्पाको तिनाउ गाउँपालिकामा एमालेले उम्मेदवारको टुंगो लगाएको छ। एमालेले गाउँपालिका अध्यक्षमा तिनाउ गाउँपालिका ५ का युवा उद्यमी प्रेम श्रेष्ठलाई निर्विरोध सिफारिस गर्दै उम्मेदवारको टुंगो लगाएको हो।
पार्टी गाँउ कमिटीको सिफारिसमा पार्टी जिल्ला कमिटी पाल्पाले अनुमोदन गर्दै श्रेष्ठलाई पालिकाको अध्यक्ष बनाउने निर्णय गरेको हो। पार्टीको तिनाउ गाउँ कमिटी अध्यक्ष रहेका श्रेष्ठ युवा संघका क्षेत्रीय अध्यक्ष र पार्टीको उद्योग वाणिज्य विभागका सदस्य हुन
प्रतिक्रिया