ताजा अपडेट »

पूर्व नेपाल आइडल रवि सुदूरपश्चिमको पर्यटन दूतमा नियुक्त

आइतबार, ०१ मंसिर २०७६

मंसिर १,

धनगढी । सुदूरपशिचम प्रदेश सरकारले पूर्व नेपाल आइडल रवि वडलाई सुदूरपश्चिम प्रदेशको पर्यटन दूतमा नियुक्त गरेको छ । सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्दै २०७५ का लागि आइडल विजेता बनेका वडलाई आइतबार महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेशका लागि पर्यटन दूत नियुक्त गरिएको हो ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले उनलाई प्रदेश पर्यटन दूतको प्रमाण पत्र हस्तान्तरण गरिन् । मन्त्री भट्टले पर्यटन वर्ष नेपाल २०२० लाई सफल बनाउने उद्देश्यले वडलाई सुदुरपश्चिम प्रदेशको पर्यटन दुतमा नियुक्त गरेको बताईन् । नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटकलाई भित्राउने लक्ष्यसहित ‘पर्यटन वर्ष नेपाल २०२०’ घोषणा गरे सँगै सुदूरपश्चिम प्रदेश सरकारले पनि पर्यटकीय गतिविधि बढाउने खालका काम गर्न थालेको मन्त्री भट्टले बताइन् । आफ्नो कलाकारिताका माध्यमवाट देश विदेशमा सुदूरपश्चिमको पर्यटकीय क्षेत्र, संस्कृति, रहनसहन तथा स्थानीय उत्पादनको प्रचारप्रसारमा सहयोग पुग्ने उद्देश्यलाई वडलार्ई पर्यटन दूतमा नियुक्त गरिएको मन्त्री भट्टले बताइन् । प्रमाणपत्र ग्रहण गर्दै वडले आफू सुदूरपश्चिमका पर्यटकीय स्थलको प्रचारप्रसारमा जुट्ने बताए । - नेपालन्यूज