ताजा अपडेट »

एनएमबि बैंक लुम्बिनीको 'सम्पदा यात्रा-२०२२'

आइतबार, ०४ बैशाख २०७९

बुटवल । एनएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेशले सम्पदा यात्रा (हेरिटेज वाक)-२०२२ कार्यक्रम सप्पन्न गरेको छ । बिश्व सम्पदा दिवस -२०२२को अवसरमा एनएमएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेशका शाखाहरुका कर्मचारीको सहभागीमा हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको हो ।

करिब १५० जना कर्मचारीको सहभागिता रहेको कार्यक्रममा सहभागीले साँस्कृतिक सम्पदालाई आफ्नो बच्चालाई जत्तिनै माया गरौं, यो मेरो साँस्कृतिक सम्पदा हो यसलाई म सफा राख्छु,साँस्कृतिक सम्पदा संरक्षण भावी सन्ततीको लागी मार्गदर्शन, अतिथिकोको सम्मानार्थ साँस्कृतिक सम्पदाको जगेर्ना, A Nation’s Heritage resides in the Heart and soul of its People, We stand together to preserve our Heritage लगायतका नारा अंकित प्लेकार्डहरु बोकेका थिए ।

बुटवल ट्राफिकचोक स्थित एनएमबि बैंकको कार्यालयबाट शुरु भएको पदयात्रा बुटवलको राममन्दिर लाइन, अमरपथ, हाटबजार, पुलचोक, पारी बुटवल( पुरानो बुटवल) हुदै ऐतिहासिक किल्ला जितगढीमा गएर बिसर्जन भएको थियो । कार्यक्रममा बोल्दै एनएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेशका प्रमुख नबिन बिष्टले एनएमबि बैंकले २०११ देखि सम्पदा संरक्षण सम्बन्धि सचेतना जगाउने, सम्पदा संरक्षण गर्ने र नयाँ पुस्तामा सम्पदाको महत्त्व एवं जानकारी गराउने उदेश्यले हेरिटेज वाक कार्यक्रम गर्दै आएको र तदअनुरुप आफुहरुले पदयात्रा कार्यक्रम गरेको जानकारी दिए ।

उनले प्राकृतिक सम्पदा, मानवनिर्मित सम्पदा र परम्परागत सस्कृतिलाइ महत्त्व दिदै तिनाउ नदिको तटमा अबस्थित ऐतिहासिक जितगढि किल्लामा मौलिक बाजगाजाको साथमा पदयात्रा गरिएको बताए। कार्यक्रममा एनएमबि बैंकले जितगढि संरक्षण समितिलाइ डस्टबिन, नेपालको राष्ट्रिय झन्डा, ऐतिहासिक दृश्य झल्काउने फोटोफ्रेम( तस्वीरहरु) र मायाको चिनो हस्तान्तरण गरेको थियो । कार्यक्रममा प्रदेश कार्यालयका जोखिम प्रबन्धक कमल न्यौपाने, क्षेत्रीय प्रबन्धकहरु युवराज पाठक, प्रभात सिंह खाती, संचालक प्रबन्धक सुन्दर थापा लगायत लुम्बिनी प्रदेशका शाखाका प्रबन्धक एवं कर्मचारीहरुको सहभागिता रहेको थियो ।