ताजा अपडेट »

दक्षिण अफ्रिकाको बाढी र पहिरोमा ४०० जनाको मृत्यु

आइतबार, ०४ बैशाख २०७९

डर्वान । दक्षिण अफ्रिकाको बाढी र पहिरोमा ४०० जनाको ज्यान गएको र दशौं हजार घरबारविहीन भएका छन् । ठूलो वर्षापछिको बाढी पहिरोमा देशको दक्षिण पूर्वी क्षेत्रमा केही हराइरहेका छन् ।  बाढीको पानीले दक्षिणपूर्वी तटीय सहर डरबानका केही भागहरू डुबानमा परेका छन् । बाढीले सडक भत्किएका छन् । अस्पतालमा क्षति पु-याएको छ भने घरहरू बगाएको छ । 

दक्षिणपूर्वी क्वाजुलु–नाताल (केजेएन) प्रान्तमा आपतकालीन सेवाहरू उच्च सतर्कतामा राखिएको छ । डरबान हिन्द महासागरको तटमा पर्छ । बाढीपछि उद्दार कार्य तीव्र पारिएको छ । - एजेन्सी