ताजा अपडेट »

क्रिकेटर सचिन तेन्दुलकरले भेटे प्रधानमन्त्री ओली

आइतबार, ०१ मंसिर २०७६

मंसिर ०१,

ग्लोबल आवाज

काठमाडौं । चर्चित भारतीय क्रिकेटर सचिन तेन्दुलकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । ओलीलाई भेट्न तेन्दुलकर आइतबार बालुवाटार पुगेका थिए ।

युनिसेफको ब्रान्ड एम्बेसडरका रुपमा तेन्दुलकर अस्ति (शुक्रबार) नेपाल आएका हुन् । उनले शनिबाबार त्रिवि क्रिकेट मैदानमा बालबालिकाहरुसँग क्रिकेट पनि खेलेका थिए । आज बिहान उनी पशुपति मन्दिर दर्शन गर्न पुगेका थिए ।

प्रधानमन्त्रीसँगको भेटमा तेन्दुलकरले बालबालिकाहरुको कल्याण र अधिकार प्रवर्द्धनमा नेपाल सरकारले गरेको प्रयासको सह्राहना गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।