ताजा अपडेट »

सैनामैना-७मा एमालेको सक्रियता, ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

शुक्रबार, ०२ बैशाख २०७९

बुटवल । नेकपा एमाले सैनामैना ७ मा चुनावी सरगर्मी बढेको छ । बैशाख ३० गतेको स्थानीय चुनावलाई लक्षित गर्दै नेकपा एमाले सैनामैना ७ शाखा कमिटिले ५०१ सदस्यिय निर्वाचन परिचालन कमिटि गठन गरेको छ । जसको संयोजकमा ठाकुरप्रसाद पाण्डे रहेका छन् भने सह-संयोजकमा गंगाराम अर्याल, शोभाखर बेल्वासे, डिलाराम बेल्बासे, मन्जु भुषाल, हरिराम चौधरी रहेका छन । यस्तै शुक्रबार निर्वाचन वडा सम्पर्क कार्यालयमा बसेको बृहत भेलाले आर्थिक समिति पनि चयन गरेको छ।

जसको संयोजकमा शोभाखर बेल्वासे, सह संयोजकमा ठाकुरप्रसाद पाण्डे,डिलाराम बेल्बासे, टेकप्रसाद बस्याल, दिपक न्यौपाने रहेका छन् । यस्तै बिष्णुप्रसाद पाण्डेको संयोजकत्वमा ५१ सदस्यिय युवा परिचालन कमिटी गठन गरिएको छ । जसको सहसयोजकमा दिलिप पौडेल, कृष्ण सुवेदी,जिबन पौडेल,रेशम थापा रहेका छन् ।

प्रत्येक समितीमा आवश्यकताका अनुसार सदस्यहरु थपिँदै जाने निर्वाचन परिचालन कमिटीका संयोजक ठाकुर पाण्डेले बताए । यसैगरी जेष्ठ कम्युनिष्ट मन्च, अनेमसघं, खेलकुद महासघं , किसान महासंघ लगायतका बिभिन्न समिती गठन गरी पार्टीलाई एक ढिक्का बनाइ चुनाबमा केन्द्रित गरिएको शाखा कमिटीका अध्यक्ष एवम् वडा अध्यक्षका उम्मेदवार भिमकान्त न्यौपानेले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी वडा इन्चार्ज ठाकुरप्रसाद पाण्डेले नेकपा एमालेलाइ बिजयी बनाउन कुनै कसर बाकि नराख्ने बताए । जस्तोसुकै गठबन्धन भएपनी नेकपा एमालेलाइ हराउने कुने शक्ति नरहेको भन्दै उनले फेरी पनी वडा र नगरमा एमालेको जित सुनिश्चित भएको दाबी गरे ।

कार्यक्रममा बोल्दै निर्वाचन परिचालन कमिटीका डिलाराम बेल्वासे, केशब बिक, टेक नारायण बस्याल लगायतले बोल्दै हरेक कमिटिलाई क्रियाशील बनाउँदै चुनाव लक्षित कार्यक्रमलाई दिन दुगुना रात चौगुना बनाउँदै लैजाने बताए।

हरेक हिसाबले योग्य , इमान्दार, शालीन र शैक्षीक ब्यक्तित्व सहितको सर्वसम्मत रुपमा उम्मेद्वारहरु मैदानमा आइसकेकाले चुनावी अभियानमा भिड्न आम कार्यकर्तालाइ निर्देशन समेत दिएका थिए । सचिव टेकनारायण बेल्बासेको सञ्चालन तथा अध्यक्ष भिमकान्त न्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।