ताजा अपडेट »

बुटवलमा पत्रकारमाथि प्रहरीले गरेको दुर्व्यवहारको प्रगतिशील पत्रकार संघद्वारा भर्त्सना

शुक्रबार, ०२ बैशाख २०७९

बुटवल । रिर्पोटिङको क्रममा पत्रकार माथि प्रहरीले गरेको दुर्व्यवहारको प्रगतिशील पत्रकार संघ, नेपालले भत्सर्ना गरेको छ । संघका सचिव श्यामलाल पोखरेलले एक विज्ञप्ति जारी गरी सचिव श्यामलाल पोखरेलले पत्रकारमाथि दुर्व्यवहार गर्ने प्रहरीमाथि तत्काल कारवाही गर्न माग गरेका छन् ।

‘पत्रकार शरण कर्मचार्य, दिनेश श्रेष्ठ, डिवी सुस्लिङ र सन्तकुमारमाथि प्रहरीले दुव्र्यवहार गरेको छ ।उक्त प्रहरीको ज्याजदी र दुर्व्यवहारप्रति प्रगतिशील पत्रकार संघ, नेपाल घोरभर्त्सना गर्दछ । प्रहरीको उक्त कार्य प्रेस स्वतन्त्रामाथिको ठाडो हस्तक्षेप भएकाले पत्रकारमाथि दुर्व्यवहार गर्ने प्रहरीमाथि यथा शीघ्र कारवाही गर्न प्रगतिशील पत्रकार संघ, नेपाल राज्यपक्षसँग माग गर्दछु ।’–विज्ञप्तिमा भनिएको छ ।

रुपन्देहीको तिलोत्तमामा बुधबार राति शंकास्पद मृत्यु भएकी २९ वर्षीया अमृता खत्री टण्डनको हत्या भएको दावी गर्दै आफन्त र स्थानीयबासिन्दाले छानबिनको माग राखेर प्रहरी कार्यालय अघि गरेको प्रदर्शनको समाचार संकलन गर्ने क्रममा ग्लोबल आवाजका समाचार संयोजक सुस्लिङसहित खबरकुरा डट कमका प्रबन्ध सम्पादक शरणकुमार कर्माचार्य र सम्पादक दिनेश श्रेष्ठमाथि दुव्यर्ववहार भएको थियो । पत्रकार माथि इलाका प्रहरी कार्यालय बुटवलका वरिष्ठ सई बाबुराम घिमिरेले दुर्व्यवहार गरेका हुन् ।