ताजा अपडेट »

आफ्नै घरको पेटीमा लडेर पाल्पाका ६१ वर्षीय मर्हजनको मृत्यु

शुक्रबार, ०२ बैशाख २०७९

बुटवल । आफ्नै घरको पेटीमा लडेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको तानसेन नगरपालिका–४ होलाङदीका ६१ वर्षीय केशब महर्जन रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता विरेन्द्र थापाले जानकारी दिए ।

महर्जन बुधबार दिउँसो ४ बजे आफ्नै घरको अगाडीको पेटीमा लडि घाइते भएका थिए । लडेर घाइते भएका मर्हजनलाई उनका दाई मंगल मर्हजनले तत्काल उपचारका लागि लुम्बिनी मेडिकल कजेज प्रभासमा लगेका थिए । उनको उपचारको क्रममा बुधबार साँझ मृत्यु भएको प्रहरी प्रवक्ता थापाले बताए ।