मंसिर १,
काठमाडौँ । फिल्म ‘ए मेरो हजुर’को चौथो सिरिजमा अभिनेता अनमोल केसी अनुबन्धित भएका छन्। शनिबार सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै फिल्ममा अनमोल हुने पक्का भएको हो। फिल्ममा अनमोलसँग अनस्क्रिन रोमान्समा देखिने छिन् झरना पुत्री सुहाना थापा।
होम प्रोडक्सनमा बन्न लागेको फिल्ममा सुहाना यस अघि नै अनुबन्धित भइसकेकी थिइन्। सुहाना यस अघि डेब्यु अभिनय रहेको ‘ए मेरो हजुर–३’बाट दर्शकको मन जित्न सफल भएकी थिइन्। झरना थापाको निर्देशनमा बन्ने फिल्मलाई सुनिलकुमार थापाले निर्माण गर्नेछन्। यस अघि झरना निर्देशीत फिल्मका दुई सिरिजिले बक्स अफिसमा राम्रो उपस्थिति जानाई सकेका छन् भने, अब बन्ने ‘ए मेरो हजुर–४’ले पनि दर्शकको मन जित्नेमा निमार्ण पक्ष ढुक्क देखिन्छ।अघिल्लो सिरिजमा अनमोल र सुहानाको अनस्क्रिन रोमान्स दर्शकले रुचाएकै कराण नयाँ सिरिजमा पनि मुख्य कलाकारमा उनीहरूलाई दोहोर्याएको निर्देशक झरनाको भनाई छ।सुनिलकुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने ‘ए मेरो हजुर ४’ माघ २० गतेबाट छायांकनका लागि फ्लोरमा लैजाने निर्माण युनिटको भनाई छ। नेपाल, ओमान, हल्याण्ड र नेपालका विभिन्न स्थानमा छायांकन गर्ने निर्माण पक्षको तयारी छ। - नेपालन्यूज
प्रतिक्रिया