ताजा अपडेट »

प्रक्राउ परेका हतियार हाम्रो होइन: विप्लव नेकपा

आइतबार, ०१ मंसिर २०७६

मंसिर १,
ग्लोबल आवाज

बुटवल । सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले शनिबार कपिलबस्तुको शिवनगरमा बरामद गरिएका हतियार आफ्नो नभएको स्पष्ट पारेको छ ।

नेकपा राप्ती ब्यूरो ईन्चाज समरले आज एक विज्ञप्ती जारी गर्दै आफ्ना काला हर्कत ढाकछोप गर्न ओली सरकार नियोजित रुपमा नेपल कम्युनिष्ट पार्टीमाथि दमनका अनेक षडयन्त्र गरी रहेको बताएका छन् । नियोजित, भ्रमपूर्ण र कपोकल्पित प्रचार गराइएको र यस प्रकारका षड्यन्त्र नगर्न र नेकपामाथि दमन गर्ने योजना अनुरुप प्रहरी आफैले उक्त हतियारहरु राखेर भ्रमपूर्ण प्रचार गराइएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।