ताजा अपडेट »

माओवादीद्वारा महानगरका अध्यक्ष तथा मेयरका प्रत्यासीसहित ३ जना साधारण सदस्यबाट निष्कासित

बुधबार, ३० चैत्र २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रले वीरगञ्ज महानगरपालिका समितिका अध्यक्ष रहबर अन्सारीसहित तीन जनालाई पार्टीबाट निष्कासन गरेको छ ।

यसरी निष्कासित हुनेहरुमा अध्यक्ष अन्सारीसहित उपाध्यक्ष अनुरुध यादव र जुम्मादिन अन्सारी रहेका छन् । रहबर गत निर्वाचनमा माओवादीका तर्फबाट वीरगञ्जमा मेरयमा प्रतिस्पर्धा गरेका थिए भने आगामी निर्वाचनमा पनि उनी उम्मेदवार हुने चर्चा चलिरहेको थियो । तर उनलाई पार्टीबाटै निष्काशन गरिएको छ । 

माओवादी केन्द्र पर्साका इन्चार्ज विजय महतो र संयोजक रामदरश कुशवाहाले एक विज्ञप्ति जारी गर्दै उनीहरुलाई पार्टीबाट निष्कासन गरेको जनाएका हुन् । 

पार्टीको कार्यालय तोडफोड गरि जिल्लाका जिम्मेवार नेतृत्वमाथि गाली गलौज गरेको र पार्टीलाई बदनाम गराउने कार्य उनीहरुले गरेको आरोप लगाइएको छ ।