ताजा अपडेट »

भारत सी विरुद्ध नेपालले बलिङ गर्दै

आइतबार, ०१ मंसिर २०७६

मंसिर १,
भारतको हैदराबादमा जारी यू-१९ च्यालेन्जर एक दिवसिय सिरिजमा नेपालले आफ्नो अन्तिम खेलमा भारत सी विरुद्ध पहिला बलिङ गर्ने भएको हो । भारत सी ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । नेपालले टोलीमा आज दुई परिवर्तन गरेको छ । तीब्र गतिका बलर गौतम केसीको स्थानमा विवेक कुमार यादवलाई मौका दिएको छ । त्यस्तै भारत बी सँग डक आउट भएका अभिषेक बस्नेतको स्थानमा खडक बहादुर बोेहरालाई मौका पाएका छन् ।

लिग चरणमा तीनै खेल हारेर पुछारमा रहेको नेपालले तेस्रो स्थानको लागि भारत सीसँग प्रतिस्पर्धा गर्न लागेको हो । भारत सी ३ खेलमा २ मा हार र १ मा जित सहत तेस्रो स्थानमा रह्यो । शीर्ष स्थानमा रहेका भारत बी र भारत ए फाइनलमा भिड्दै छन् । नेपाल पहिलो खेलमा भारत सी साग १० विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल भारत बी सँग २ विकेट र भारत ए सँग १ सय ७ रनले पराजित भएको थियो ।- हाम्रो खेलकूद