बुटवल । नेपाली नयाँ वर्ष २०७८ को अवसरमा पारेर भोलिदेखि ‘ए मेरो हजुर ४’ र कन्नड फिल्म ‘केजिएफ च्याप्टर २’ प्रर्दशनमा आउँदै छन् ।दुबै बहुप्रतिक्षित चलचित्र हुन् । झराना थापाको निर्देशनमा बनेको फिल्म ‘ए मेरो हजुर ४’लाई लिएर अहिले धेरै दर्शक उत्साहित भएका छन् । चलचित्रमा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको मुख्य भूमिका रहेको छ । ‘केजिएफ– २’ मा अभिनेता संजय दत्त र अभिनेत्री रविना टण्डनको मुख्य भूमिका रहेको छ ।
क्यूएफएक्स बुटवलका म्यानेजर महेश्वर गिरीका अनुसार दुबै चलचित्र हेर्नका लागि दर्शकले अग्रिम रुपमा नै टिकट बुकिङ्ग गरिरहेका छन् । ‘दुबै फिल्ममा दर्शकको आकर्षण नै देखिएको छ । चलचित्रको लागि हामीले टिकट खुल्ला गरेसँगै अग्रिम रुपमा धेरै टिकट बुकिङ्ग भइसकेका छन्।’
नयाँ वर्षको अवसरमा क्यूएफएक्सले विहीबार १० वटा सो सञ्चालन गर्ने तयारी रहेको म्यानेजर गिरीले बताए । मल्टिप्लेक्समा ‘ए मेरो हजुर ४’ ले ‘केजिएफ च्याप्टर २’ को ३० प्रतिशत सो मात्रै पाएको छ। ‘हामीले भोलिको लागि केजिएफ च्याप्टर २ को ७ वटा सो सञ्चालन गर्ने छौँ । ए मेरो हजुर ४ को ३ वटा सो सञ्चालनमा आउने छन् ।’–म्यानेजर गिरीले भने ।
लामो समयमा सम्म कोरोनाका कारण ठप्प रहेको नेपाली फिल्मी बजार केही समयदेखि चलपहल भइरहेको बेला यी चलचित्रले नेपाली फिल्मी बजार पुरानै अवस्थामा फर्कियो आभाष गराउने अपेक्षा रहेको म्यानेजर गिरी बताउँछन् । यी दुई चलचित्र दर्शकको माया र साथ हुँदासम्म सञ्चालन गरि रहने उनले बताए ।
प्रतिक्रिया