अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ मा आज गुडिरहेको ट्रयाक्टरबाट खसेर एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय रोम बहादुर कुमालकी १२ वर्षीया छोरी नहमुना कुमाल रहेकी छिन् । दुर्गाफाटबाट ढुङ्गा लिएर आउँदै गरेको लु २ त ९३७१ नम्बरको ट्रयाक्टरबाट खस्दा उनलाई सोही ट्रयाक्टरले किचेको थियो । ट्रयाक्टर सहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया