ताजा अपडेट »

रुपन्देहीका निर्माण व्यवसायी तथा कांग्रेस कञ्चनका उपसभापतिले गरे आत्महत्या

बुधबार, ३० चैत्र २०७८

बुटवल। रुपन्देहीमा एक निर्माण व्यवसायी युवाले आत्महत्या गरेका छन् । जिल्लाको कञ्चन गाउँपालिकाका–२ का ४० वर्षी कोल बहादुर क्षेत्रीले बुधबार बिहान झुण्डिएर आत्महत्या गरेका हुन् ।

बिहान करिब ५ बजेको समयमा मर्निङ्ग वाक गई घर फर्किएका क्षेत्रीले आफ्नै घर पछाडी रहेको रुखमा डोरीले पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । क्षेत्रीले रजनी कन्स्ट्रक्सन र डि.के. सप्लायर्स नामक निर्माण सेवा सम्बन्धी व्यबसाय सञ्चालन गर्दै आएको थिए । उनी नेपाली कांग्रेस कञ्चनका गाउँपालिकाका उपसभापति समेत रहेका हुन् ।

उनले आत्महत्या गर्नुको कारण खुल्न बाँकी रहेको र घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।