भैरहवा । वुमन अफ द वल्र्ड (वाउ) विश्वका महिलाहरूको महोत्सवको पाचौं संस्करण लुम्बिनीमा आयोजना हुने भएको छ ।
बैशाख २ र ३ गते लुम्बिनीमा हुने महोत्सवले विश्वका महिलाले लैंगिकताका बारेमा कुरा गर्न र विविध पृष्ठभूमिका युवा र समुदायका सदस्यलाई एकैठाउमा ल्याई ब्रिटिश काउन्सिलको आयोजनामा महोत्सवको गरिने भएको हो ।
कार्यक्रमबारे जानकारी दिन मंगलबार लुम्बिनीमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा बोल्दै काउन्सिलका कला बिभाग प्रमुख निश्चल ओलीले लैगिंक समानता, महिला तथा किशोरीले हासिल गरेका उपलब्धि मनाउनु र संसारभरि नै उपलब्धि हासिल गर्नबाट रोक्न सक्ने अफ्ठ्याराहरूको पहिचान गर्नु कार्यक्रमको उद्देश्य रहेको बताए । महिलाका समस्याबारे गहन छलफलका साथै चलचित्र, कार्यशाला, हास्यब्यंग्य, लैंगिक विविधता, कथा, कविता, गीत, संगीत र कला जस्ता विविध गतिविधि मार्फत प्रस्तुत गरिने कार्यक्रम रहेको उनले बताए ।
कार्यक्रममा बोल्दै ब्रिटिश काउन्सिल नेपालकी राष्ट्रिय निर्देशक शाहीदा म्याकडुगलले लैंगिक समानतामा केन्द्रित विश्वका महिला (वाउ) नेपाल उत्सव आफ्नो प्रमुख काम रहेको बताईन । “नेपाल लगायत थुप्रै देशहरु समान र न्यायसंगत समाजतर्फ निकै अघि बढिसकेका छन्, जुन दिगो विकासका लागि महत्वपुर्ण छ ।” उनले भनि “तर यो उद्देश्य प्राप्त गर्नका लागि अझै पनि धेरै अवरोध छन् ।
अन्तर्सम्बन्धित जटिलताहरु र गहिरो पितृसत्तात्मक सोचलाई बुझाई र व्यवहार परिवर्नले मात्र सन्तुलन गर्न सक्छ । लुम्बिनी पार्कमा हुने वाउ नेपालको पाँचौँ सँस्करणले लैंगिकता सम्बन्धी काममा श्रृजनात्मक माध्यमहरुको प्रयोग गरिरहेका मानिस र सँस्थाहरुलाई एक ठाउँमा ल्याउनेछ ।”लुम्बिनी विकास कोष र वाउ फाउण्डेशनको सहकार्यमा हुने उक्त महोत्सवले लुम्बिनीमा आयोजना हुनुले लुम्बिनीमा वहुआयमिक सकारात्मक प्रभाव पर्ने कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले बताए ।
प्रतिक्रिया