ताजा अपडेट »

कर सप्ताह सुरु, उत्कृष्ट १० करदाता र ५ कर्मचारी सम्मानीत हुने

आइतबार, ०१ मंसिर २०७६

मंसिर १,
ग्लोबल आवाज
बुटवल । सरकारले आजदेखि कर सप्ताह मनाउँदै छ । ‘स्वच्छ कर प्रशासनःविकास र सुशासन’– भन्ने मुल नाराका साथ कर दिवस मनाउन लागिएको हो । दिवसको पहिलो दिन आज सबैभन्दा धेरै कर तिर्ने १० जना व्यवसायी र ५ जना कर्मचारीलाई सम्मान गरिनेछ । देशभर एक हप्ता चल्ने यो दिनवसका अवसरमा मंसिर २ देखि ६ गतेसम्म करदाता कार्यलयहरुमा करदाता शिक्षा कार्यक्रम सञ्चालन हुनेछ । दुई गते उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र नेपाल चेम्बरले छलफल कार्यक्रम गर्नेछन् । यसैगरी मंसिर ६ गते मदिरा र ब्रुअरी कम्पनीसँग अन्तरक्रिया गर्नेछ ।

सरकारले सुरु गरेको सबैलाई प्यान कार्यक्रमबाट ७ लाख ९४ हजार करदाता थपिएका छन् । यो सँगै देशभर करदाताको संख्या २९ लाख ६५ हजार पुगेको छ । आन्तरिक राजस्व विभागको तथ्याङक अनुसार ती करदाताबाट कार्तिक २९ गतेसम्म १ खर्ब ४ अर्ब रुपैयाँ राजस्व असुली भएको छ । यो गत वर्षको तुलनमा औसत २३ प्रतिशत बृद्धिदर हो । तर चालू आर्थिक वर्षको लक्ष्य अनुसार भने १३ प्रतिशतले कमी हो । यस्तै मूल्य अभिवृद्धि करमा करदाताको संख्या २ लाख ३९ हजार ७ सय ५८ पुगेको छ । वैज्ञानिक अनुमानयोग्य पारदर्शी राजस्व प्रणाली विकास गरी लगानी मैत्री वातावरण सृजना गर्ने उद्देश्य विभागले लिएको छ ।

करयोग्य आर्थिक क्रियाकलापलाई करको दायारामा ल्याउने, गैरकर राजस्वका दरहरुको दायरा विस्तार गर्ने तयारी छ । यस्तै १० लाख भन्दा बढि कर तिर्दा नगद प्रयोग गर्न नपाइने व्यवस्था विभागले गर्दैछ । यसको लागि चेक, ड्राफ्ट वा विद्युतीय माध्यमबाट भूक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ । सामान खरिदमा विद्युतिय माध्यमबाट भूक्तानी गर्दा १० प्रतिशत भ्याट फिर्ता बैंकिङ कार्डबाट गर्न नसकिने भएको छ । तत्कालको लागि राष्ट्र बैंकबाट मान्यता प्राप्त मोबाइल वालेट कम्पनीबाट मात्र भ्याट फिर्ता गर्न सकिने भएको छ ।