ताजा अपडेट »

गठबन्धन बैठक सकिए लगत्तै भारतीय दूतावास पुगे शीर्ष नेता

मंगलबार, २९ चैत्र २०७८

काठमाडौं ।  सत्ता गठबन्धनका शीर्ष नेताहरु भारतीय राजदूतावास पुगेका छन् । 

मंगलबार साँझ गठबन्धनको बैठक सकिएसँगै प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लैनचउर स्थित भारतीय दूतावास पुगेका हुन् ।