बुटवल । नेपाल नगरपालिका कर्मचारी एशोसिएसन इकाई समिति बुटवल उपमहानगरपालिका आयोजनामा आज नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान तथा क्यालेण्डर बिमोचन कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रम इकाई अध्यक्ष अनिल कुमार माण्डव्यको अध्यक्षता नगर प्रमुख शिवराज सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रमको संचालन नेपाल नगरपालिका कर्मचारी एशोसिएसन इकाई समिति बुटवलका सचिव रेश्मीराज घिमिरेले गर्नु भएको छ । कार्यक्रममा विशिष्ट अतिथि उपप्रमुख गोमा देवी आचार्य, एशोसिएसनका पुर्वअध्यक्ष एवं छैठौं केन्द्रीय महाधिवेशन सचिव सितु प्रसाद श्रेष्ठ उपमहानगरपालिका बरिष्ठ अधिकृत विष्णु प्रसाद खनाल लगायत शुभकामना मन्तब्य राखेको थिए ।
कार्यक्रममा बोल्दै नगरप्रमुख सुवेदी नववर्षको पुर्व सन्ध्यामा गतवर्षको कार्यहरुको समिक्षा गर्दा नयाँ वर्षको योजना तय गर्नु पर्ने बताए । हामीले आफुलाइ भन्दा भाबि सन्ततीको भबिष्य उज्जवल बनाउने उद्देश्यका साथ काम गर्नु पर्ने बिचार राखे ।
सो कार्यक्रममा उपमहानगरपालिका बरिष्ठ अधिकृत भुवा प्रसाद लुइटेल, एशोसिएसनका निवर्तमान अध्यक्ष ठगिश्वर पोखरेल, पुर्व अध्यक्षहरु माधव वश्याल र ज्ञान प्र अयार्ल तथा उपमहानगरपालिका सबै महाशाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया