ताजा अपडेट »

चुनावी तालमेलको मोडालिटी तय गर्न पाँच दलीय गठबन्धनको बैठक सुरु

मंगलबार, २९ चैत्र २०७८

काठमाडौं । स्थानीय तहको निर्वाचनमा चुनावी तालमेलको मोडालिटी तय गर्नका लागि पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ । 

स्थानीय तहको निर्वाचनमा साझा उम्मेदवारका लागि मत माग्न अपिल जारी गरेको भोलिपल्ट प्रधानमन्त्री निवास वालुवाटारमा पाँच दलीय गठबन्धनको बैठक बसिरहेको हो ।