कार्तिक ३०,
ग्लोबल आवाज
नवलपरासी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष २०२० मा बीस लाख पर्यटक भित्र्याउने गरी अभियान अगाडि बढाइएको बताएका छन् । मन्त्री भट्टराईले भ्रमण वर्ष आउन डेढ महिना बाँकी रहेको भन्दै सरकार यस्ता अभियानहरु अगाडि बढेको बताए ।
नवलपरासी पूर्व नवलपुरको कावसोती नगरपालिका –१५, मा तराई भू परिधि (ताल) परियोजना र कावासोती नगरपालिकाले निर्माण गरेको मुसहर सुरक्षित आवास कार्यक्रमका घर हस्तान्तरण कार्यक्रममा मन्त्री भट्टराईले हाल नेपालमा करिब १३ लाख पर्यटक नेपाल भित्रिएको तथ्यांक रहेको बताए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र भरतपुर विमानस्थलको विस्तारले यस क्षेत्रमा विदेशी पर्यटकको आगमन बढाउने भन्दै सोही अनुसारका संरचनाहरु समेत निर्माण गर्नकालागि अनुरोध गरे ।
प्रतिक्रिया