ताजा अपडेट »

रुपन्देहीको तिलोत्तमामा रोका प्यारिवेयरको सो रुम

मंगलबार, २९ चैत्र २०७८

बुटवल । रोका प्यारिवेयर बाथरुम प्रोडक्ट्स प्रालिले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सो रुम सञ्चालन गरेको छ । सो रुमको मंगलबार एक समारोहका बीच रोका बाथरुम प्रोडक्ट्सका प्रबन्ध निर्देशक केई रंगनाथनले शुभारम्भ गरेका हुन् । सो रुम रोका प्यारिवेयरको आधिकारिक बिक्रेता सद्धार्थ भूमि इन्टरनेशनल ट्रेडिङ प्रा.लि. सञ्चालनमा ल्याएको हो ।

सो अवसरमा कम्पनीका प्रबन्ध निर्देशक रंगनाथले रोका प्यारिवेयर ब्राण्डका उत्पादन उत्कृष्ट रहेको दावी गर्दै बजारमा माग बढेको बताए । उनले भने ‘ रोक प्यारिवेयरका ब्राण्डहरु आकर्षक र टिकाऊ छन् । नेपालमा पनि यसको माग बढ्दै गएको छ । २ वर्षको संक्रमण पछि नेपालमा निर्माण कार्य पुनः बढेको रहेछ । यससँगै हाम्रा उत्पादनहरुका माग पनि बढेको छ । त्यसैले सो रुमहरु पनि विस्तार गर्दैछौं । राम्रो सामान बिक्री गर्न राम्रो सो रुम पनि आवश्यक पर्छ । यहाँ, तिलोत्तमामा स्थापना भएको यो सो रुम पनि हाम्रा ब्राण्डहरु जस्तै आकर्षक रहेको छ।’

उनले रोका बाथरुम प्रोडक्ट्सको नेपालमा पनि उच्च बजार हिस्सा रहेको बताउँदै कम्पनीका लक्जरी ब्राण्ड अरमानी रोका र लाउफेन बलियो रिटेल उपस्थितिका साथ नेपालमा प्रवेश गर्ने तयारीमा रहेको समेत जनाए । साथै उनले ब्रान्ड प्यारिवेयरले नेपालमा बलियो उपस्थिति जनाउँदै २० प्रतिशत बजार हिस्सा ओगटिसकेकोे दाबी गर्दै यूरोपेली ब्रान्ड रोका संसारका एक सय ८० भन्दा बढी देशहरूमा उपलब्ध रहेको बताए ।

कम्पनीले नेपालका काठमाण्डौं ,पोखरा , बुटवल, भैरहवा लगाएतका शहरहरुमा आफ्नोे ब्राण्डको बलियो उपस्थिति जनाउन र बजार विस्तार गर्ने उद्देश्यअनुसार सो रुम विस्तार गर्ने क्रममा तिलोत्तमा पनि शुभारम्भ गरेको कम्पनीका नेपाल प्रमुख दिपकराज अधिकारीले बताए ।

तिलोत्तमास्थित सो रुम, सिद्धार्थ भूमि इन्टरनेशनल ट्रेडिङ प्रा.लिका अध्यक्ष मधुसुदन पाण्डेले गुणस्तरीय निर्माणसँगै गुणस्तरीय र आकर्षक बाथरुम सामग्रीका लागि रोका प्यारिवेयरका उत्पादन विश्वासिलो रहेको बताए । उनले भने ‘ रोका प्यारिवेयरका सामानको माग बढ्दो छ । रुपन्देहीका मुख्य शहर बुटवल,भैरहवा,तिलोत्तमा लागएतका क्षेत्रहरुमा सहज रुपमा सेवा दिने उद्देश्यले तिलोत्तमाको मणिग्राममा सो रुम सञ्चालन गरेका हौं।’

सो रुमको कम्पनीका प्रबन्ध निर्देशक केई रंगनाथ,अपर नर्थ इण्डिया प्रमुख पुष्पिन्दर बाहली , कम्पनीका नेपाल प्रमुख दिपकराज अधिकारी,तिलोत्तमा सो रुम प्रमुख मधुसुदन पाण्डे, प्रबन्ध निर्देशक रामप्रसाद घिमिरे, निर्देशकद्वय नाराण खत्र खत्री र रितेश सिलवाल लगाएतले रिबन काटेर तथा बत्ती बालेर शुभारम्भ गरेका हुन् ।