ताजा अपडेट »

माओवादीबाट पालिका प्रमुख/अध्यक्षमा ७७ र वडाध्यक्षमा ७५३ महिला !

मंगलबार, २९ चैत्र २०७८

काठमाडौं ।  नेकपा माओवादी केन्द्रले हरेक जिल्लाबाट कम्तीमा एक महिला पालिका प्रमुख वा अध्यक्ष पदको उम्मेदवार सिफारिस गर्न सर्कुलर गरेको छ । 

एउटा पालिकाको कम्तीमा एक वडा अध्यक्षमा महिलालाई सिफारिस गर्न भनेको छ । सर्कुलरअनुसार महिला उम्मेदवार सिफारिस भएको अवस्थामा माओवादी केन्द्रको देशभर ७७ जना महिला नेतृ पालिकाको नेतृत्वमा प्रतिस्पर्धी बन्नेछन् ।  ७५३ जना महिला वडाध्यक्षमा प्रतिस्पर्धा गर्नेछन् ।