ताजा अपडेट »

बुटवलमा ‘डान्स रुपन्देही डान्स प्रतियोगिता’

मंगलबार, २९ चैत्र २०७८

बुटवल । जय मातादी एम्युज्मेन्ट एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा डान्स रुपन्देही डान्सको पहिलो सिजन हुने भएको छ। नेपाली नयाँ वर्ष-२०७९ मा नयाँ वर्ष विशेष कार्यक्रमसहित डान्स रुपन्देही डान्सको पहिलो सिजन हुन लागेको आयोजकले पत्रकार सम्मेलनको आयोजना गर्दै जनाएको हो।

प्रालिका प्रबन्ध निर्देशक राजवीर जयसवालले चैत ३० गतेदेखि ३ बैशाख २०७९ गरि ४ दिन कार्यक्रम गरिने जानकारी दिए। उनले दिउँसोमा डान्स रुपन्देही डान्सको अडिसनहरु हुने र रातिमा कन्सर्ट हुने बताए। डान्स रुपन्देही डान्स सञ्चालन गर्ने अघिल्ला वर्षहरुमा तयारी भए सञ्चालन हुन नसकेकोले यो पटक ४ दिनभित्र सक्नेगरी पहिलो सिजन कार्यक्रम गर्न लागेको उनले बताए । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार, उपविजेताले २० हजार, तृतीय हुनेले १० हजार र सान्त्वना हुनेले ५ हजार प्राप्त गर्नेछन् ।

त्यसैगरी लुम्बिनीज न्यु ईयर फेस्ट २०७९ अन्तरगत साझमा सुरु हुने र रातिसम्म कन्सर्ट सञ्चालन हुने उनले जानकारी दिए। कार्यक्रमको पहिलो दिन चैत ३० गते डान्स रुपन्देही डान्सको शुभारम्भसंगै चर्चित शनिश श्रेष्ठ, डिजे मारियो,अर्जुन कौशल तथा बैशाख १ गते र्‍यापर डङजि, गायक रमेश भट्टराई, डिजे बिक्की, बैशाख २ गते र्‍यापर बालेन,रामजी खाण, डिजे पङ्चिवो तथा बैशाख ३ गते र्‍यापर माईला, डिजे प्रमिस, कबिजी, डि ट्युन्स र डान्स रुपन्देही डान्सको फाईनल हुने आयोजकले जनाएको छ।

कार्यक्रम अवधीमै रशियाका डान्सरको प्रस्तुति समेत रहने जयसवालले जानकारी दिए। कार्यक्रममा १ सय रुपैया टिकट शुल्क रहेको बताउदै उनले उद्घाटन सत्रमा ४ बजेसम्म प्रवेश गर्नेलाई नि:शुल्क प्रवेशको ब्यवस्था गरिएको छ। प्रतियोगितामा ४५ जनाले अडिसनमा सहभागी रहेको बताउदै उनले कार्यक्रम सञ्चालन गर्नको लागि १४ लाख खर्च हुने बताए। कार्यक्रमबाट आएको आम्दानी सामाजिक क्षेत्रमा खर्च गर्ने बताए।

प्रालिले सञ्चालन गर्ने योजना गरेकोलुम्बिनी अवार्ड सो कार्यक्रम हुन नसकेको बताउदै यो कार्यक्रम जेठ पहिलो वा दोस्रो साता हुने उनले बताए। कार्यक्रममा उद्योग व्यापार संघ बुटवलका सचिव यमलाल मरासिनी, नृत्यकर्मी संघ रुपन्देही अध्यक्ष सुन्दर गुरुङ, कलाकार दिपु मगर, नृत्याङना बबिता धिताल लगायतले बोलेका थिए।