ताजा अपडेट »

तिनाउमा जडिबुटी प्रवर्धन सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न

शनिबार, ३० कार्तिक २०७६

कार्तिक ३०,

ग्लोबल आवाज

पाल्पा । "जडिबुटी संरक्षण र रोपण गरौं, समृद्धिको अभियानमा अघि बढौं" भन्ने नाराका साथ जडिबुटी संरक्षण तथा उपभोग सहकारी संस्था लिमिटेडको आयोजनामा पाल्पाको तिनाउ नगरपालिकामा एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

कार्यक्रममा बाल्दै प्रदेश कृषि तथा सहकारी मन्त्री आरती पौडेलले जडिबुटी प्रशोधनमा प्रदेश सरकारले सहयोग गर्ने बताईन् । उनले कच्चापदार्थ प्रशोधन गरी किसानले उचित मुल्य पाउने स्थिति आएमा प्रदेश सरकार सहयोग गर्न सदैव तयार रहेको जोड दिईन् । कार्यक्रममा सांसद बसन्त घर्ती मगर, तिनाउ गाउँपालिका अध्यक्ष झपेन्द्रबहादुर जिसी, उपाध्यक्ष दमयन्ती थापा लगायतले सहकारीलाई सहयोग गर्ने बताए ।

१७ बर्ष अगाडि स्थापना गरी ७८ जना सेयर सदस्यहरुले सुरु गरेको उक्त सहकारी संस्थाले दालचीनी, तितेपाती, लेमनग्रास लगायतको जडिबुटी प्रशोधन गरी बिक्री गर्दै आएको थियो । व्यवस्थापन र बजारीकरणको केही समस्याले गर्दा केही बर्ष लिजमा दिईएको उक्त प्रशोधन मेसिन पुन सन्चालन गर्ने र नँया व्यवस्थापन गर्ने उद्वेश्यले झपेन्द्रबहादुर जिसीको अध्यक्षतामा हाल नयाँ समिती पुर्नगठन गरिएको छ । जडिबुटी प्रशोधन तथा प्रवर्द्धन गोष्ठीमा रामप्रसाद ज्ञवाली, रामप्रसाद भट्टराई, माधव नेपाल, अर्जुन खनाल, धुर्व अधिकारी र कृष्ण जिसीले जडिबुटी प्रशोधन तथा प्रवर्धनबारे कार्यपत्र पेश गरेका थिए ।

कार्यक्रम तिनाउ नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको हो ।