ताजा अपडेट »

अनुशासन तोडेपछि ४ राष्ट्रिय फुटबलर बर्खास्त

शनिबार, ३० कार्तिक २०७६

कार्तिक ३०,

ग्लोबल आवाज

काठमाण्डौ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्वकप २०२२ को छनोटमा कुवेतको खेलअगाडि चार खेलाडीलाई टिमबाट बर्खास्त गरेको छ । बर्खास्तीमा पर्नेहरुमा विमल घर्तीमगर, मिड फिल्डर अन्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशी रहेका छन् । उनीहरु शुक्रबार राति २ बजेसम्म ठमेलका विभिन्न क्लबमा रहेको पाइएकाले कारबाही गरिएको एन्फाले जनाएको छ। एन्फाले प्रशिक्षक योहान कालीनसँगको छलफलपछि उनीहरुलाई कारबाहीस्वरुप टिमबाट बर्खास्त गरेको हो।

नेपाली टिम शनिबार ३ बजे भुटान प्रस्थान गर्दैछ । कारबाहीमा परेका चार खेलाडीले भने भुटानको यात्रा गर्ने छैनन्। उनीहरुको स्थानमा एन्फाले वैकल्पिक खेलाडीलाई भुटान पठाउने जनाएको छ।