ताजा अपडेट »

दई खेल जित्दै रुपन्देही समूहको पहिलो स्थानमा

आइतबार, २७ चैत्र २०७८

भैरहवा । भैरहवामा जारी प्रो क्लब च्याम्पियनशिपमा रुपन्देही क्रिकेट–११ ले लगातार दोश्रो जित निकालेको छ । आईतबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबलाई २९ रनले पराजित गर्दै रुपन्देही–११ समूह ‘ए’ अन्र्तगत पहिलो स्थानमा उक्लिएको छ । दुबै खेलमा विजय हासिल गर्दै रुपन्देही ४ अंक सहित शिर्ष स्थानमा पुगेको छ । नेपाल पुलिसले भने दुई खेल मध्ये दुवैमा पराजय ब्यहोरेको छ ।

आईतबार भएका पहिलो पहिला ब्यटिङ्ग गर्दै रुपन्देही–११ ले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय १७ रन बनाएका् थियो । रुपन्देही–११ का लागी मैन अफ द मैच समेत रहेको बिशाल बिक्रम केसीले २५ बलमा ३ चौकाको सहयोगमा २९ रन बनाए । यस्तै बिक्रम भुषालले १२ बलमा अविजित १९ रन बनाए । बलिङ्ग तर्फ नेपाल पुलिस क्लबका पवन सर्राफले ४ ओभरमा १ मेडेन राखी २० रा खर्चिएर ४ विकेट लिएका थिाए । यस्तै पुलिसका लागी करन केसी, गुलशन झा, सागर ढकाल र मन्जीत श्रेष्ठले समान १÷१ विकेट लिएका थिए ।

१ सय १८ रनको लक्ष्य रहेको नेपाल पुलिस गतिलो प्रदर्शन गर्न सकेन । पुलिसका लागी शंकर रानाले ३० बलमा २ चौका १ छक्का सहित २८ रन बनाए । रोशन बुढालले २५ रन र गुलशन झा ११ रन बनाए पनि त्यो जितका लागी प्रयाप्त भएन । पुलिसको टिम १८ दशमलव ५ ओभरमा आफ्ना सबै विकेट गुमाउदै ८८ रन मात्र बनाउन सक्यो ।

पुलिसलाई सास्तोमै अलआउट गर्ने क्रममा रुपन्देही–११ का वसिर अहमदले ४ ओभरमा २६ रन खर्चिएर ३ विकेट लिए । यसै गरि कृष्ण कार्की। अनिल खरेल, बिशाल बिक्रम केसीले २/२ विकेट बाडे । प्रतियोगिता अन्र्तगत समूह बी को खेलमा ट्यालेन्ट हन्ट क्रिकेट एकेडमी युपी र नेपाल आर्मी बिच खेल जारी रहेको छ ।