ताजा अपडेट »

पारसको डेब्युमा टिम अबुधाबीको बराबरी

शनिबार, ३० कार्तिक २०७६

कार्तिक ३०,

काठमाडौँ ।नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्का सम्मिलित टिम अबु धावीले टी-१० लिगमा क्वालान्डर्र्ससँग बराबरी खेल्दै अंक बाँडेको छ। अवुधाबीमा टस जितेर बलिङ रोजेको क्वालान्डर्ससामु अबुधाबीले निर्धारित १० ओभरमा ६ विकेट गुमाएर १ सय ३ रन जोडेको थियो।

पहिलो पटक विदेशी फ्रेन्चाइज लिग खेलेका पारस तीन बलमा तीन रन जोडेर अविजित रहे।कोरी एन्डरसनले सर्वाधिक ४२, ल्युक राइटले २०, निरोशान डिक्वेलाले १७ बाहेक अन्य ब्याट्म्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। बलिङतर्फ क्वालान्डर्सका लागि लहिरु कुमाराले २ तथा सिकुगे प्रासन्ना, जोर्डन क्लार्क र क्रिस जोर्डले १–१ विकेट लिए। जवाफी ब्याटिङमा उत्रिएको क्वालान्डर्सले निर्धारित १० ओभरमा मात्र तीन विकेट गुमाएर १ सय ३ रन नै बनाउन सफल भयो। क्वालान्डर्सका लागि कप्तान डाविड मालानले ३३, ल्युक रोन्चीले अविजित २३, फिल साल्टले २२ तथा टोम बान्टोनले १६ रन जोडे। अबुधाबीका लागि माच्र्यान्ट डी लाङ्गेले २ तथा रिचार्ड ग्लिसनले एक विकेट लिए। टिम अबुधाबालीले आइतबार दोस्रो खेलमा नर्दन वारियर्ससँग खेल्ने छ।- नेपालन्युज