ताजा अपडेट »

निमोनियाबाट विश्‍वमा प्रत्येक ३९ सेकेन्डमा एक बच्‍चाको मृत्यु

शनिबार, ३० कार्तिक २०७६

कार्तिक ३०,

काठमाडौँ । विश्‍वमा प्रत्येक वर्ष लाखौ बालबालिकाको मृत्यु हुने गर्छ। संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) को ताजा रिपोर्ट अनुसार पछिल्लो वर्ष निमोनियाबाट विश्‍वमा आठ लाखभन्दा बढी बालबालिकाको ज्यान गइसकेको छ।

यो रोगको उपचार सम्भव छ। निमोनिया भएमा बालबालिकालाई बचाउन सम्भव छ। यसका बावजुत पनि निमोनियाबाट प्रत्यक ३९ सेकेन्डमा एक बच्चाले ज्यान गुमाउनु परिरहेको छ।युनिसेफको रिपोर्टका अनुसार निमोनियाबाट मृत्यु हुने अधिकांशको उमेर दुई वर्षको छ। निमोनियाबाट सबै भन्दा बढी १ लाख ६२ हजार बच्‍चाको नाइजेरियामा मृत्यु भएको छ। भारतमा पनि बालबालिकाहरू निकै ग्रसित हुने गरेका छन्। रिपोर्टका अनुसार निमोनियाबाट मृत्यु हुने बालबालिकाको संख्या भारतमा १ लाख २७ हजार छ। यो नाइजेरिया पछिको दोस्रो बढी संख्या हो। तेस्रो स्थानमा पाकिस्तान छ। पाकिस्तानमा ५८ हजार बालबालिको निमोनियाबाट मृत्यु भएको थियो। यस्तै कंगोमा ४० हजार र इथियोपियामा ३२ हजार बालबालिकाले निमोनियाबाट ज्यान गुमाएका थिए।- नेपालन्यूज