बुटवल । बुटवल उपमहानगरपालिकामा माओवादी केन्द्रबाट उपमेयरको दाबी गरिरहेकी नेतृ मञ्जु भुसाल शुक्रबार एमाले प्रवेश गरेकी छन् ।
निर्माण व्यवसायमा संलग्न भुसाल यसअघि माओवादीको बुटवल नगर कमिटिको नेतृत्वका लागि लामो समय प्रतिष्पर्धामा रहेकी थिइन् । तर, नेतृत्वले उनलाई नसमेटेपछि असन्तुष्ट बनेकी थिइन् । भुसाललाई एमाले सचिव छविलाल विश्वकर्मा, पोलिब्युरो सदस्यहरु लिला गिरी, दधिराम न्यौपानेले एमालेमा स्वागत गरेका छन् ।
प्रतिक्रिया