ताजा अपडेट »

सचिन तेन्दुलकरले आज कीर्तिपुर मैदानमा क्रिकेट खेल्दै

शनिबार, ३० कार्तिक २०७६

कार्तिक ३०,

काठमाडौँ । भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलकर गएराती ११ बजे नेपाल आइपुगेका छन् । उनी नेपाल एयरलाइन्सको नियमित उडानमार्फत राति ११ः०६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन्  ।

विमानस्थलमा रहँदा संक्षिप्त प्रतिक्रिया दिँदै सचिनले भने, ‘नेपाल आउँदा निकै खुसी लागेको छ ।’ धेरै समर्थकले क्रिकेटका जिउँदा भगवान् मान्ने गरेका तेन्दुलकर नेपाल भ्रमण गर्ने अहिलेसम्मकै ‘हाई प्रोफाइल’ क्रिकेट खेलाडी हुन् ।यसअघि भारतका अन्य क्रिकेट खेलाडी कपिल देव, सुनिल गवास्करले पनि नेपालको भ्रमण गरेका थिए । अन्तर्राष्ट्रिय क्रिकेटका एक इतिहास तेन्दुलकरको भ्रमणबाट नेपाली क्रिकेटरले थप प्रेरणा लिने विश्वास गरिएको छ ।युनिसेफको निमन्त्रणामा नेपाल आएका चर्चित क्रिकेटर सचिन तेल्दुलकरले आज कीर्तिपुर मैदानमा विनोद दास नेतृत्वको टोलीविरुद्ध प्रदर्शनी खेल खेल्दै छन् । युनिसेफले तेन्दुलकरसँग खेल्नका लागि विद्यार्थीको छनोट गरिसकेको छ । त्यसमा महिला र पुरुष दुवै छन् । खेल १०/१० ओभरको हुने बताइएको छ । सचिन शनिबार नै स्वदेश फर्कने कार्यक्रम छ। - केन्द«बिन्दु