बुटवल । बुटवलमा उपमेयर कप अन्तर पालिका महिला प्रथम खुल्ला कवडडी प्रतियोगिता शुरु भएको छ ।
बुटवल उपमहानगरपालिका खेलकूद विकास समितिको आयोजना र न्यू होराइजन स्पोर्टस् क्लब व्यवस्थापनमा प्रतियोगिता सुरु गरिएको हो । प्रतियोगिताको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आचार्यले उद्घाटन गरिन ।
सो अवसरमा बोल्दै आचार्यले बुटवलले खेलकूद क्षेत्रको विकासको लागि सबैसँग सहकार्य गरेर अगाडि बढन तयार रहेको बताइन । प्रतियोगितामा ६ टिम सहभागी छन । शुक्रबार लिग चरणका खेलहरु सम्पन्न भएको न्यू होराइजन स्पोर्टस् क्लबका अध्यक्ष प्रकाश खनालले जानकारी दिए ।
प्रतियोगिताको फाइलन खेल शनिबार हुनेछन । कार्यक्रममा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचन, क्लबका सल्लाहकार बाशुदेव अर्याल, खेल संयोजक महेन्द्र सुनार, क्लबका सचिव प्रकाश गौतम लगायतले बोलेका थिए ।
प्रतिक्रिया