बुटवल । रुपन्देहीको तिलोत्तमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा एक जना घाइते भएका छन् ।
भैरहवाबाट बुटवल तर्फ आउँदै गरेको लु २२ प ६९२५ नम्बरको मोटरसाइकल शुक्रबार दिउँसो तिलोत्तमा नगरपालिका–४ ड्राइभर टोलमा अनियन्त्रित भएर पल्टिँएको थियो ।
दुर्घटनाबाट मोटरसाइकलका चालक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका उनको परिचय खुल्न बाँकी रहेको छ ।
प्रतिक्रिया