ताजा अपडेट »

अफ्ताव आलमलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश

शुक्रबार, २९ कार्तिक २०७६

२९ कात्तिक,

ग्लोबल आवाज

काठमाडौं । जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका सांसद मो. अफ्ताव आलमलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । राजपुर बम विस्फोट र त्यसमा घाइते भएकाहरुलाई इँटाभट्टामा जलाएको आरोपमा आलमलाई प्रहरीले २६ असोजमा प्रहरीले पक्राउ परेको थियो ।रौतहट २ बाट निर्वाचित आलममाथि विस्फोट पदार्थ, ज्यानमुद्दा र ज्यान मार्ने उद्योग गरी तीन मुद्दा लगाइएको छ । उनले भने आरोप अस्वीकार गरेका छन् ।