ताजा अपडेट »

एमाले अध्यक्ष ओली लुम्बिनी आउँदै

विहीबार, २४ चैत्र २०७८

बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज लुम्बिनी प्रदेश आउँदैछन् । ओली बिहान ९ बजेपछि बाँकेको नेपालगञ्ज आउँदैछन् । त्यहाँ उनले पार्टीको जिल्ला कमिटीले आयोजना गर्ने कार्यकर्ता भेलालाई ११ बजे सम्बोधन गर्नेछन् ।

त्यसपछि अध्यक्ष ओली बर्दिया जाने कार्यक्रम छ । त्यहाँ पार्टी मातहतको सुकुम्वासी संगठनको राष्ट्रिय सम्मेलनलाई पनि सम्बोधन गर्ने भएका छन् ।
अध्यक्ष ओली पार्टीको निर्वाचन केन्द्रित कार्यक्रमको ‘कमाण्डर’ बनेर खटिँदै आएका छन् ।