ताजा अपडेट »

‘तिलोत्तमाको विकासका लागि कृषि क्षेत्रबाट आर्थिक क्रान्ति’

शुक्रबार, २९ कार्तिक २०७६

कार्तिक २९,

ग्लोबल आवाज

तिलोत्तमा । प्रतिनिधि सभा सदस्य छबिलाल बिश्वकर्माले मुलुकलाई विकसित राष्ट्र बनाउनका लागि कृषि उत्पादनमा वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । राज्यबाट विनियोजित बजेटको सहि सदुपयोग गर्नुपर्नेमा उनको जोड छ । तिलोत्तमा नगरपालिका–११ महुवारीमा सामुदायीक कृषि भवन उद्घाटन गर्दै बिश्वकर्माले कृषि पेशाबाट यहाँका किसानहरु खुसी र सुखी जीवन यापन गर्न सक्ने किसिमको वातावरण बनाउनुपर्नेमा जोड दिए ।

नेकपा एमाले स्थायी कमिटी सदस्य समेत रहेका विश्वकर्माले तिलोत्तमामा दक्ष कृषि प्राविधिक रहेको उल्लेख गर्दै प्राविधिकसँगै कृषकला पनि जोडेर लैजानुपर्ने खाँचो औल्याए । कार्यक्रममा प्रदेशसभा सांसद डा. कृष्ण प्रसाद न्यौपानेले तिलोत्तमा नगरपालिकाले कृषिको क्षेत्रमा आर्थिक क्रान्ति गर्नुपर्ने र त्यसका लागि उत्पादन बढाउनुपर्नेमा जोड दिए । ‘निर्वाहमुखी कृषि उत्पादनसम्म त आयौं यो प्रणाली बदलेर ब्यावसायमुखि बनाउनुपर्छ ।’–उनले भने । नेपालका खेतबारी बांझो राखेर बाहिरबाट तरकारी अन्नबाली भित्र्याउनु दुखद् पक्ष भएको उनले बताए । कार्यक्रममा महिलामुक्ति आमा समुहले शन्देशमुलक गित प्रस्तुत गरेको थियो भने लक्ष्मी भट्टराईले शन्देसमूलक कविता प्रस्तुत गरिन् ।

कार्यक्तममा प्रदेश सभा सांसद दिपा विक, तिलोत्तमा नगरपालिका उपप्रमुख जागेश्वरदेवी चौधरी जिल्ला समन्वय समिती सदस्य कविराम अर्याल, तारा अर्याल लगायतले विचार व्यक्त गरेका थिए । कृषि सामुदायिक भवन निर्माण उपभोक्ता समितीका अध्यक्ष प्रकाश न्यौपनेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव योगेन्द्र घिमिरेले गरेका थिए ।