ताजा अपडेट »

डिजिटल लुम्बिनीको सपना पुरा हुन्छः मन्त्री शर्मा

बुधबार, २३ चैत्र २०७८

बुटवल । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले डिजिटल लुम्बिनी प्रदेशको सपना ढिलो चाडो पुरा हुने बताएका छन् । उनले प्रदेशले आफ्नै डाटा सेन्टर, ब्रोड व्याण्ड स्थापनाको गर्ने योजना रहेको बताए ।

उनले यसको लाग प्रदेश सूचना प्रविधि प्रतिष्ठान समेत स्थापना गरी आईसीटि पार्कलगायतका योजना सुरुवात गरेको बताए । बुटवलमा आयोजना गरिएको डिजिटल लुम्बिनी संवाद कार्यक्रममा बोल्दै मन्त्री शर्माले ढिलो चाडो डिजिटलाईजेसनको विकल्प नभएको भन्दै यसमा विस्तारै सरकार अभ्यस्तै हुँदै जाने बताए ।

आईसिटि फाउन्डेसनको आयोजनामा बुटवलमा भएको कार्यक्रममा नेपथ्य कलेज बुटवलका प्रिन्सीपल सन्जीव भण्डारीले ‘ई गर्भननेस, सार्वजनिक सेवा अपेक्षा वास्तविकता र सुझावको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै प्रदेश योजना आयोगका उपाध्यक्ष बाम देव क्षेत्री, मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सूचना प्रविधि विज्ञ रेग बहादुर भण्डारी, देवदह नगरपालिका का प्रमुख हिरा बहादुर खत्री, रुपन्देहीका आईटी व्यवसायी दुर्गा प्रसाद पाण्डे, पलिया टेक्नोलोजीका को फाउन्डर आयुश कसजु लगायतले ‘डिजिटल लुम्बिनी संवाद–डिजिटल नेपालको संभावना ’ विषयमा प्यानल डिस्कसन गरेका थिए ।

कार्यक्रममा आईसिटी फाउन्डेसनका अध्यक्ष राजन लम्साल, क्यान महासंघ रुपन्देहीका अध्यक्ष रामुदेव गौतम, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्जवल कसजु लगायतले आ आफ्नो भनाई राखेका थिए ।