बुटवल । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर गम्भीर बिरामी भएपछी रुपन्देहीको भैरहवा बाट काठमाडौ लगिएको छ । पार्टीको कार्यक्रमका लागि मंगलबार परासीवाट भैरहवा आइपुगेका अध्यक्ष ठाकुर विहान ८ बजे अचानक अस्वस्थ भएका थिए। उनलाई तत्कालै भैरहवास्थित भीम अस्पताल पुर्याइएको थियो। अस्पतालका डा. सिद्धार्थ पाण्डेले अध्यक्ष ठाकुरलाई अस्पताल ल्याएको पुष्टि गर्दै हल्का निमोनिया देखिएको र अक्सिजन लेभलसमेत कम भएको बताए। अक्सिजन लेभल कम देखिएपछि काठमाडौं रेफर गरिएको उनले बताए। रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलेले हेलिकोप्टरमार्फत् काठमाडौं लगिएको बताए।
प्रतिक्रिया