ताजा अपडेट »

तरुण दल सभापति शाहकोको रिहाईको माग गर्दै नेपालगन्ज बन्द, जनजीवन प्रभावित

शुक्रबार, २९ कार्तिक २०७६

कार्तिक २९,

ग्लोबल आवाज

नेपालगञ्ज । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले आफ्ना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको विरोधमा नेपालगञ्जमा शुक्रबार गरेको बन्दले जनजीवन प्रभावित बनेको छ ।शाहलाई बाँके प्रहरीले कात्तिक १४ गते नेपालगन्जको नमस्ते भिलेज रिसोर्टबाट पक्राउ गरेको थियो। उनीबाट दुई थान गोलीसहित अमेरिकी पेस्तोल बरामद भएको थियो।

हतियारसहित पक्राउ परेको भनिएका नेपालगञ्ज नगरसभापति सन्दीपजंग शाहलाई रिहा गर्न माग गर्दै तरुण दलले बन्द आह्वान गरेको हो । प्रहरीले उनको साथबाट हतियार बरामद भएको भने पनि तरुण दलले भने त्यो हतियार प्रहरीकै भएको र आफ्ना कार्यकर्ताहरुलाई फसाउने झूठो आरोप लगाइएको दाबी गर्दै आएको छ ।