गुल्मी । गुल्मीमा एक डेढ महिना अघि एक जना नेपाली कांग्रेसका कार्यकर्ताले उक्त पार्टी छाडेर अर्कै पार्टीमा प्रवेश गरेको हल्ला चलाए । पछि बुझ्दै जाँदा के रहेछ भने अघिल्लो निर्वाचनमा भएको खर्चको त्यस पार्टीसंग ऋण अशुली गर्नु।
केहि दिन अघिको भेटमा उनले भने–‘ दुई अढाई लाख चुनावमा पार्टीले मेरो खर्च गराई दिएको थियो, त्यो पैसा दिएन । त्यसपछि पार्टी छाडेर अन्य दलमा प्रवेश गर्छु भन्ने हल्ला चले लगत्तै उक्त हिसाब–किताब मिलाई दिए, के को पार्टी छाड्थे र ? ’
अन्य दलहरुले पनि यस अघिका चुनावमा विभिन्न पसल, होटलहरुमा उधारो खाएको ऋण अझै तिर्न नसकेको भन्दै गुनासो गर्दै आएका छन् । गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको उम्मेदवार रहेर हार बेर्होर्दै ऋणले तुम्म भएका गुल्मीकै एक पार्टीका नेतालाई एमालेजनले ऋण तिरि दिन्छौं भन्दै पार्टी पवेशको अफर लिएर गएका थिए ।
अफर चल्दा चल्दै फोटो खिचेर फेसबुकमा राखियो । आखिर ती नेता एमाले पाटी प्रवेश नगरेको भन्दै रातको समयमा विज्ञप्ती लेखेर सामाजिक सञ्जालमा पोष्ट गरे । तर, ती नेताकी श्रीमती भने एमालेमा प्रवेश गरेको भन्ने छ । यसरी पुरानो ऋणले हरेक पार्टीका कार्यकर्ताहरुमा असन्तुष्टि ब्याप्त छ । त्यही कमजोरीको फाइदा उठाउँदै विपक्षी राजनीतिक दलहरुले पार्टी प्रवेशको अफर गर्दै हिँडेको पाइएको छ ।
माओवादी केन्द्रका एक नेता भन्छन् –‘ ती हाम्रा भाई र बुहारी समेतलाई एमालेमा लग्यौं त भन्नु भयो तर, भाई हामीसंगै हुनुहुन्छ । ठिक छ त ती बुहारीको ऋण तिरि दिनुहोस् ।’ अर्को कुरा गरिबी र अभावका अलवा कार्यकर्ताहरुमा अवसरवाद र लालच बढ्दो छ । जसका कारण लामो समयदेखि योगदान पुराउँदै आएको पार्टीलाई छाडेर अन्य पार्टीमा पलायन हुने गरेको पाइएको छ ।
प्रतिक्रिया