ताजा अपडेट »

सीमा मिचिँदा पनि सरकार मौन बसेको भन्दै नेविसंघको प्रदर्शन

शुक्रबार, २९ कार्तिक २०७६

कार्तिक २९,

ग्लोबल आवाज

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले सिमा मिचिदा पनि सरकार मौन रहेको भन्दै राजधानीको नेपालटारमा बिरोध प्रर्दशन गरेको छ । नेपाल विद्यार्थी संघ सामुदायिक क्याम्पस समितिका अध्यक्ष परोपकार अधिकारीको नेतृत्वमा भएको बिरोध र्याली नेपालटारबाट सुरु भएर बाईपास, माछापोखरी हुँदै पुन नेपालटारमा गएर कोण सभामा परिणत भएको थियो।

कोणसभालाई नेपाल विद्यार्थी संघ सामुदायिक क्याम्पसका अध्यक्ष परोपकार अधिकारी, नेपाल विद्यार्थी संघ आर आर क्याम्पसका सचीव अनुराग शाह, नेपाल विद्यार्थी संघ नेपाल राष्ट्रिय क्याम्पसका नेता शुशान्त सिटौला, ग्रामिण आदर्श क्याम्पसका नेता मातृका तिमल्सिना, राजेन्द्र फुयाल, दिपेन्द्र ढकाल र चन्द्र रावत लगायतले सम्बोधन गरेका थिए । कोणसभालाई सम्बोधन गर्ने नेपाल विद्यार्थी संघका नेताहरूले सरकार सीमा मिचिँदा पनि कान तेल हालेर बसेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए ।