ताजा अपडेट »

लुम्बिनी : गठबन्धन र एमालेका आ–आफ्नै दाबी

सोमबार, २१ चैत्र २०७८

बुटवल । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा लुम्बिनी प्रदेशमा पनि चुनावी सरगर्मी सुरु भएको छ । आगामी निर्वाचनमा सत्तारुढ गठबन्धन दल र मुख्य प्रतिपक्षी दल नेकपा एमालेबीच कडा प्रष्तिपर्धा हुने देखिएको छ । दुबै पक्षले आफूले जित्ने तथा बहुमत प्राप्त गर्ने दाबी गदै चुनावी प्रचार प्रसारमा लागेका छन् ।

रिर्पोर्टर्स क्लव नेपाल लुम्विनी प्रदेश बुटवलले आयोजना गरेको स्थानिय तहमा दलहरुको राजनीतिक अवस्था विषयक साक्षात्कार कार्यक्रममा बोल्दै दुबै पक्षले आफूले जित्ने आधार भएको दाबी गरेका छन् ।

साक्षात्कार कार्यक्रममा बोल्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमर बहादुर पुनले गठबन्धन दल भित्र पार्टीहरुले आ–आफ्नो मत आधार संकलन गरिरहेको र त्यसैका आधारमा उम्मेदवारी दिने वताए । लुम्विनी प्रदेशमा गठवन्धनको अत्यधिक बहुमत आउने दावी गरे ।

सभापति पुनले गठबन्धन दलहरुले चुनावी तालमेलमा अक्षरस पालना गर्ने बताए । उनले भने ‘मुलुकमा कांग्रेसबिना शान्ति र समृद्धि हुँदैन भन्ने पुष्टि भइसकेको छ । लोकतन्त्रको रक्षा र विकासका लागि कांग्रेसको नेतृत्वसहितको गठबन्धन आवश्यकता भएको ठहर गर्दै गठबन्धनकै निरन्तरता दिन एक भएर निर्वाचनमा जाँदैछौं । हिजो, ((२०७४को निर्वाचन) मा केहि मतले पछि परेका थियौं , अहिले त्यस्तो हुँदैन ।’

त्यसैगरी नेकपा एमालेका पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेले लुम्बिनी प्रदेशमा आफ्नो पार्टीले ६० प्रतिशत जित हात पार्ने दावी गरे । उनले प्रदेशका १ सय ९ वटा पालिकाहरुको सर्वेक्षण अनुसार ६० प्रतिशत भन्दा धेरै जित हासिल गर्ने ठोकुवा गरे । उनले एमाले जनताको प्रिय पार्टी भएकाले जस्तो सुकै गठबन्धनले फरक नपार्ने बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा नेकपा माओवादी केन्द्रका संसदिय दल लुम्विनी प्रदेशका प्रमुख सचेतक तुलाराम घर्तीले सत्तागठवन्धनलाई आगामी निर्वाचनमा पनि निरन्तरता दिने जोड दिए । प्रदेशका सवै स्थानिय तहहरुमा आफ्नो पार्टीले सर्कुलर गरेको र जसअनुसार पालिकामा निर्वाचन संयन्त्र परिचालन समिति गठनको छलफल भैरहेको वताए ।

त्यस्तै, जनता समाजवादी पार्टी (जसपा)का केन्द्रिय सदस्य छन्द पन्थीले ठूला दलका नेताहरुले झुटको राजनीति गर्दै आएको वताए । उनले ठूला दलको होडवाजीले गठवन्धन निर्माण भएको वताए । निर्वाचनका वेला मिठा भाषण र जनतालाई आश्वासन दिने दलहरुले निर्वाचन पश्चात् प्रतिवद्धता पुरा नगर्ने गरेको भन्दै वेईमानीको राजनिति नगर्न सुझाव दिए । कार्यक्रम रिपोटर््र्स क्लब नेपाल लुम्बिनी प्रदेश अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो ।