ताजा अपडेट »

मौसम : लुम्बिनीसहित देशका अधिकांश स्थानमा सफा रहने

सोमबार, २१ चैत्र २०७८

काठमाण्डौं । हाल देशमा भारतको बिहार  आसपास रहेको न्यून चापीय रेखाको सामान्य प्रभाव रहेको छ। प्रदेश १ मा आंशिक देखि  सामान्य बदली रही देशको अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।   

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।