रिडी । नेपाली काँग्रेस रुरुक्षेत्र वडा न २ का पार्टी उप सभापति चिरन्जिवि अर्याल नेकपा एमालेमा समाहित भएका छन् । अर्याललाई नेकपा एमालेका उपमहासचिव प्रदिप कुमार ज्ञवालीले बलेटक्सारमा आयोजित पार्टीको एक कार्यक्रममा टीका लगाएर नेकपा एमालेमा समाहित गराएका हुन्।
लामो समय देखि नेपाली काँग्रेसको युवा कार्यकर्ताको रुपमा क्रियाशील चिरन्जिवि अर्याल ग्वादी क्षेत्रका युवा उद्यमी समेत हुन् । मुख्यरुपमा नेपाली काँग्रेसले माओवादी सँग गरेको गठबन्धनका कट्टर आलोलोचक रहेका अर्याल यतिबेला नेकपा एमालेमा नि:शर्त रुपमा समाहित भएका छन् ।
“म नेकपा एमालेमा निःशर्त समाहित भएको छु पार्टिको काममा अब नयाँ उर्जाका साथ लागि पर्ने छु । ’अर्यालले भने । बैदेशिक रोजगारीबाट फर्केपछि रुरुक्षेत्र २ ग्वादिमा कुखुरा पालन तरकारी खेती खुर्सानी खेती र पैचो पसल समेत चलाई रहेका युवा किसान तथा व्यवसायी अर्याल अण्डा उत्पादनबाट रुरुक्षेत्रलाई आत्म निर्भर बनाउनु पर्छ भनेर कुखुरा पालनमा लागेका छन् ।
गाउँमै उद्यमशिलताले समृद्धिको यात्रा तय गरेका अर्याल एमालेमा समाहित भएकोमा नेकपा एमाले ग्वादीले नयाँ उर्जा थपिएको बताएको छ ।
प्रतिक्रिया